Logo

कोरोनाविरुद्ध अर्को खोप मानवमा परीक्षण सुरु



बेलायत, असार १२ । बेलायतका अनुसन्धानकर्मीहरूले कोरोना भाइरस विरुद्ध अर्को खोपको मानवमा परीक्षण सुरु गरेका छन् । इम्पेरियल कलेज लन्डनले विकास गरिरहेको भाइरसविरुद्धको खोप पहिलो पटक परीक्षणका लागि एक स्वयंसेवकलाई दिइएको हो ।

अमेरिकाको सान डिएगोस्ठित एक औषधि कम्पनीको प्रयोशालामा कोभिड(१९ विरुद्धको भ्याक्सिन परीक्षण गर्दै वैज्ञानिक तस्बिर स् रोयटर्स

वित्तीय क्षेत्रमा काम गर्ने ३९ वर्षीया स्वयंसेवकलाई एक सातापहिले खोप दिइएको थियो । उनी स्वस्थ रहेका र नतिजा अपेक्षित देखिएको बताइएको छ ।

आगामी दिनमा परीक्षणका लागि अन्य तीन सय जनालाई उक्त खोप लगाइने अनुसन्धानकर्मीहरूको भनाइ छ । परीक्षणको नेतृत्व कलेजका प्राध्यापक रोबिन स्याटकले गरेका छन् ।

पहिलो चरणको परीक्षणपश्चात् आगामी अक्टोबरमा अर्को चरणको परीक्षण गरिने जनाइएको छ । उक्त परीक्षणमा ६ हजार जना सहभागी हुनेछन् । कलेजले उक्त खोप सन् २०२१ को आरम्भसम्ममा बेलायतलगायत अन्य मुलुकमा वितरण सुरु हुने आशा व्यक्त गरेको छ ।

जनावरमा परीक्षण गरिँदा उक्त खोप सुरक्षित र प्रतिरक्षा प्रणाली सबल बनाउन प्रभावकारी देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । यसअघि बेलायतकै अक्सफोर्ड विश्वविद्यालयले गत अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षणमा करिब १ हजार जनालाई दिइएको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्