काठमाडौं, असार १४ । कर्णाली प्रदेशका विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले सरकारको कम्जोरीका कारण कर्णाली प्रदेश करोनाको कहरमा फसेको बताएका छन् ।
उनले समय छदै नियन्त्रणका लागि उचित प्रयास नगरिएकाले स्थीति भयावह बन्दैगएको र कोरोना संक्रमण नियन्त्रणका लागि कर्णालीको प्रदेश र स्थानीय सरकारले काम गर्न नसकेको दावी गरे । कोरोना संक्रमण नदेखिदासम्म अनुगमनमा दिनरात कुद्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाही अहिले सदनमा समेत देखापर्न छाडेको बताए ।
पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता शाहीले प्रदेश सरकार कोरानाले पारेको प्रभावलाई कम गर्न भन्दा पनि असारे कार्यक्रमका लागि अनावश्यक बजेट खर्चगर्न तर्फ लागेको आरोप लगाए । उनले यस्तो अवस्थामा पनि कसरी भ्रष्टाचार गर्न सकिन्छ भन्ने मै प्रदेश र स्थानीय तह देखिएकाले कोरोना नियन्त्रणका नाममा प्रदेशभित्र नवसामन्तवादीहरुको जन्म भएको दावी गरे।
शाहीले भने,‘प्रदेश सरकार जहाँ कमाउन सकिन्छ त्यही ठाउँका स्थानीय तहहरुमा पैसा पठाइरहेको छ । कोरोनाका लागि पठाउँदैन । समय छदँै नियन्त्रण गर्न सकिने थियो । मुख्यमन्त्री सदनमा समेत आउन छोड्नुभयो । जतिबेला कोरोना फैलिएको थिएन त्यो बेला ताम झाम भयो । क्वारेन्टिन राम्रा छैन । सरकार काहाँ छ खोज्नुपर्छ । महामारी, भोकमरी र विदेश बाटा आएकालाइ काम गर्न भनेर बजेट ल्याउँ भनेको ल्याएन । अहिले सदनमा काम हुनसकेको छैन ।’
विपक्षी दलले कोरोना नियन्त्रणका लागि सधै सरकारलाई सघाउँदै आएपनि सरकारले सार्वजनिक महत्वको प्रस्तावलाई समेत लत्याउँदै आफै डाक्टर बन्दै हिडिरहेको उनको भनाइछ । शाहीले विश्वस्वास्थय संगठनले भनेको गर्न नसके पनि स्थानीय मान्यता र स्रोत अनुसारको पनि क्वारेनन्टिन र आइसोलेसनहरु नहुँदा संक्रमण दर बढिरहेको दावी गरे ।