१४ असार : मालावीका प्रतिपक्षी नेता लाजारूस चक्वेरा गत मङ्गलबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विजयी भएका छन् । चक्वेराले प्रमुख प्रतिद्वन्द्वी बहालवाला राष्ट्रपति पिटर मुथारिकालाई अत्यधिक बहुमतसाथ पराजित गरेका हुन् ।
चक्वेरा निर्वाचनमा ५८ प्रतिशत मतसहित विजयी भएका मालावीको निर्वाचन आयोगले शनिबार राति पुष्टि गरेको छ ।
आयोगका अध्यक्ष चिफुन्डो कचालेले निर्वाचनको परिणाम सार्वजनिक गर्दै भने, “मालावीको २८ जिल्ला र १९३ निर्वाचन क्षेत्रका लागि कूल पाँच हजार दुई मतदान केन्द्रमा भएको मतदानको सम्पूर्ण मत परिणाममा प्रतिपक्षी नेता चक्वेरा ५८ प्रतिशत मत परिणामसहित निर्वाचित भएका छन् ।”
चक्वेराले मालावीका वर्तमान् उपराष्ट्रपति तथा ‘यूनाइटेड ट्रान्सफर्मेसन मुभमेन्ट’ का नेता साउलोस चिलिमालाई आफ्नो सात दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपति बनाउने घोषणा गरिसकेका छन् ।