१५ असार : फिलिपिन्सको समुन्द्री तटमा भएको डुङ्गा दुर्घटनामा परी १४ जना मानिस हराइरहेका छन् ।समुन्द्रमा सामान ढुवानी गर्ने साधनसँग माछा मार्ने डुङ्गा ठोक्किएर भएको दुर्घटनापछि डुङ्गामा रहेका व्यक्तिहरु हराइरहेका हुन् ।
दुई रात अघि भएको दुर्घटनापछि हराइरहेकाहरुलाई सोमबारसम्म पनि केही पत्ता लगाउन नसकिएको अधिकारीहरुले जनाएका छन् ।सामान बहाक साधनसँग ठोक्किएपछि डुङ्गा पानीमा पल्टिएको उनीहरुले जानकारी दिएका छन् ।माम्बुराओ सहरदेखि २७ किलोमिटर टाढा पर्ने ठाउँमा आइतबार विहानको राति दुर्घटना भएको जनाइएको छ ।
बेपत्ता भएकाहरुलाई बन्दरगाह सुरक्षाकर्मी र हेलिकोप्टरले संयुक्त रूपमा खोजी कार्य जारी गरेका छन् ।बेपत्ता भएका १४ जना मध्ये १२ जना माछा मार्ने व्यक्ति र दुई जना यात्रु रहेका बन्दरगाह सुरक्षा कार्यालयका प्रवक्ता अर्मान्डो बालिलोले बताए ।हङ्गकङ्गको ध्वजा बहाक ढुवानी साधनले माछा मार्नेहरुको डुङ्गालाई ठक्कर दिएको उनको भनाइ छ ।एपी