चुरे मकवानपुर, असार १६। मकवानपुरकी सुष्मिता केसी (थापा)को हत्या परिवारका सदस्यले नै गरेको प्रहरीले जनाएको छ । श्रीमानको मृत्युपछि लगातार मानसिक यातना दिंदै आएका परिवारका सदस्यहरुले नै हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
गत असार २ गते आफ्नै घरको भान्छामा मृत भेटिएकी सुष्मिताको हत्यामा परिवारका ४ जनाको संलग्नता रहेको पाइएको छ । घटना भएको १५ दिनपछि २२ वर्षीया सुष्मिता थापाको हत्या नै भएको निष्कर्षमा पुगेको जानकारी प्रहरीले दिएको हो । दुई साता लामो अनुसन्धानपछि मकवानपुर प्रहरीले थापाको हत्यामा परिवरको संलग्नता रहेको भन्दै हत्यामा संलग्नलाई सोमबार सार्वजनिक गरेको छ ।
प्रहरीले भान्सामा खाना खाने समयमा सुस्मिताको हत्यामा सासु, ससुरा सहित दुई जना नन्दको संलग्नता भएको भन्दै उनीहरुलाई सार्वजनिक गरेको हो । हत्यामा ५८ वर्र्र्षीय ससुरा प्रकाश थापा, ५० वर्र्र्षीया सासु तुलसा, नन्दहरू २७ वर्षीया दुर्गा र २३ वर्षीया सीता थापालाई सार्वजजिक गरेको हो ।
मृतक सुस्मिताको ससुरा प्रकाश थापाले जर्बजस्ती करणी प्रयास गरेका थिए । सो कुरा बाहिर आउने डरले उनीहरुले हत्याको बाटो रोजेको पाइएको छ
सुस्मिताको क्रुरतापुर्वक हत्या हुनुमा दूईवटा कारण देखिन आएको प्रहरीले जनाएको छ । मृतक सुस्मिताको पति रुपेन्द्रको २०७६ साल असोज २६ गते ससुरालीबाट फर्कने क्रममा मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि बुहारीका कारण मृत्यु भएको भन्दै आरोप लगाउँदै आएको थियो ।
प्रहरीको अनुसार हत्याको पहिलो कारण हो यौन हिंसा । मृतक सुस्मिताको ससुरा प्रकाश थापाले जर्बजस्ती करणी प्रयास गरेका थिए । सो कुरा बाहिर आउने डरले उनीहरुले हत्याको बाटो रोजेको पाइएको छ । अर्को कारण आर्थिक विवाद रहेको छ । रुपेन्द्रको मृत्युपछि सुष्मिताको नाममा आउने बीमाको रकमको कारण हत्या भएको प्रहरीले जनाएको छ । थापा परिवारले निरन्तर मानसिक तनाव मात्रै नभई ससुरा प्रकाश थापाबाट मृतक सुस्मीता थापालाई बाथरुममा जबर्जस्ती करणीको उद्योग गरेको समेत प्रहरीले जनाएको छ ।
प्रहरीले मृतक सुस्मिताको श्रीमान रुपेन्द्रको सवारी दुर्घटनाको मृत्यु पश्चात पाउने क्षतिपुर्तीबापतको रकम दश लाख, मृतक सुस्मिताको श्रीमान रुपेन्द्रले क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाउने बीमा, बोनस र तलब बापतको ३८ लाख २८ हजार रकम हकवालको विवादको कारण परिवारमा मनमुटाब भएको र हत्या भएको प्रहरी उपरिक्षक शुसिलसिंह राठोरले बताएको आजको राजधानी दैनिकमा खवर छ ।