Logo

सीमा क्षेत्रमा सेवा पु¥याउँदै टेलिकम



काठमाडौं, असार १९। टेलिकम टावरसहितका उपकरण हिउँले बिग्रिएपछि लामो समय दूरसञ्चार सेवाबाट वञ्चित दार्चुला व्यास गाउँपालिकाका सर्वसाधारण असार ८ गतेदेखि फेरि फोनमा जोडिए ।

भीस्याट टर्मिनलसँग जोडिएको टेलिकमको सीडीएमएको उक्त टावर मर्मतपछि फेरि सञ्चालनमा आउँदा व्यास गाउँपालिकाका मात्र हैन, सीमापारि धार्चुलाका भारतीय जनता पनि लाभान्वित भए । सरकारले हालै मात्र सो क्षेत्रमा स्थापना गरेको सशस्त्र प्रहरी बलको बीओपीमा सम्पर्कका लागि पनि यसले सहजता ल्यायो ।

व्यावसायिक रूपमा निकै कम प्राथमिकतामा पर्ने खासगरी विकटका सीमा क्षेत्रमा टेलिकमले पछिल्लो समय सेवा विस्तारलाई यसैगरी प्राथमिकतामा राखेको जनाएको छ ।

पकरण आपूर्ति, टावर निर्माण र सञ्चालनमा कठिनाइ, अधिक खर्च तथा न्यून नाफा रहे पनि सीमा क्षेत्रका बासिन्दालाई दूरसञ्चार सेवा पु¥याउने गरी काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए ।

टेलिकमले पछिल्लो समय हुम्लाको हिल्सा, सङ्खुवासभाको किमाथाङ्का र ताप्लेजुङको ओलाङचुङ्गोलामा टावर निर्माण गर्ने योजना बनाएको छ ।

यी क्षेत्रका बासिन्दालाई दूरसञ्चार सेवासँग जोड्न आवश्यक तयारीको काम भइरहेको अधिकारीले जानकारी दिए । अहिले योजनाकै चरणमा रहे पनि टावर निर्माण र सञ्चालनका विषयमा अध्ययन भइरहेको उनको भनाई रहेको आजको गोराखपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्