काठमाडौं, असार १९ । उपत्यकामा केही दिनदेखि कोरोना भाइरस संक्रमण बढ्दै गएको छ। केही दिनयता संक्रमितको संख्या बढ्दै गइरहेका बेला बिहीबार मात्र उपत्यकामा ३२ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा काठमाडौंका २८ जना, ललितपुर र भक्तपुरका २र२ जना छन्।
नेपालमा कोरोना संक्रमण सुरु भएयता उपत्यकामा धेरै संख्यामा देखिएको यो पहिलोपटक हो। यसअघि बुधबार पनि उपत्यकामा १७ जनामा संक्रमण पुष्टि भएको थियो।
उपत्यकामा संक्रमित हुनेमा समुदायका, कन्ट्याक्ट टे«सिङमा परेका र अस्पतालमा भर्ना भएका व्यक्ति रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए। समयमै आमजनता सचेत नहुने हो भने यो वृद्धिदर छिट्टै नियन्त्रण गर्न नसक्ने अवस्थामा पुग्नसक्ने डा। गौतमले चेतावनी दिए।
अहिलेको अवस्थालाई वृद्धि हुन नदिन हरेक नागरिकले व्यक्तिगत रूपमा पु¥याउने सजगताले सहयोग पुग्ने भएकाले सार्वजनिक स्थलमा भौतिक दुरी कायम गर्नेलगायत अन्य नियम कडाइपूर्वक पालना गरे नियन्त्रण सम्भव रहेको उनले बताए। ‘हरेक व्यक्तिले नियम पालना नगरे संक्रमण रोक्न सरकार पुनः लकडाउन गर्न बाध्य हुनेछ,’ उनले भने।
काठमाडौं तथा अन्य जिल्लामा कायम संक्रमणको स्थितिलाई ध्यानमा राखी हरेक नागरिक सेचत भएर संक्रमण नियन्त्रणमा सहयोग पु¥याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।नागरिक दैनिकबाट