Logo

जापानले निर्माण गर्यो भूकम्प आउँदा पनि गुड्ने रेल



एजेन्सी, १९ असार । जापान आफ्नो तीव्र गतीमा र चिल्लो नयाँ आधुनिक प्रणालीको रेल बनाउन माहिर रहेको छ । तर, यसपाली जापानले तीव्र गतीमा चल्ने रेल निर्माण गरेको छ जुन भूकम्प आउँदा पनि रोक्नु पर्नेछैन ।

भुकम्प आउँदा पनि फरक नपर्ने एन ७०० एस नामक बुलेट रेल जापानमा जुलाई १ देखि सञ्चालनमा आएको हो । उक्त रेल टोक्यो स्टेशन देखि सिन ओसाकासम्म सञ्चालन गरिने जनाइएको छ । रेल ३६० किमी प्रति घण्टाको रफ्तारमा गुड्ने छ । यो रेल विश्वकै तीव्र गतीमा गुड्ने रेर्कड कायम गरेको छ ।

रेललाई सन् २०२० मा हुने भनिएको ओलम्पीकलाई विशेष ध्यान दिई निर्माण गरिएको थियो । तर, महामारीका कारण ओलम्पीक सन् २०२१ मा हुने भएको छ । आर्कषक तरिकाले निर्माण गरिएको रेल भूकम्प आउने समयमा पनि गुड्ने व्यवस्था जडान गरिएको छ । उक्त रेलमा यात्रा गर्न सोचे भन्दा निकै सरल र विलासी शैलीलाई मध्येनजर राखी निर्माण गरिएको हो । तीव्र गतीमा गुड्ने रेल आपत्तकालिन अवस्थामा रोक्न मिल्ने गरी बे्रकिङ प्रणालीमा विशेष ध्यान दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्