काठमाडौं, २२ असार । आज विहानैबाट काठमाडौं उपत्यकालगायत पहाडी भेगहरुमा भारी तथा मध्यम वर्षा भएको छ । केही दिनयता कम वर्षा भएकोमा आज विहानैबाट वर्षा भएको हो ।
हाल देशभर मनसुनी वायु को प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै भारतको उत्तर प्रदेशको उत्तर-पूर्वी भू-भाग नजिक निम्न चापिय क्षेत्र रहेको छ ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश न १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।
आज दिउँसो देशभर अधिकांश क्षेत्रमा बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राती देशभर साधारणतया बदली रहनेछ । प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ५, गण्डकी प्रदेश र वागमती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।