एजेन्सी २२ असार । नरिवल एक औषधीको रुपमा सदैव प्रख्यात रहेको छ । समूद्री तट नजिक पाउने नरिवलमा भिटामिन बी १७ पाइने गर्दछ । यसले क्यान्सर जस्ता घातक रोगको फैलावटको रोकथाम गर्नसक्ने अध्ययनले देखाएको छ ।
महिनौँ देखी जारी कोरोना महामारीको उपचार विधि र खोप तय हुन केही समय लाग्न सक्ने वैज्ञानिकहरुले निरन्तर भनिरहेका छन् । भारतको केरेला राज्य प्राकृतिक सौन्दर्यताले भरिपूर्ण क्षेत्र मानिने गर्दछ । त्यहाँ अझपनि पौराणिक शैलिमा विभिन्न प्रकरको रोगको उपचार हुने गर्दछ । नरिवलको तेललाई उक्त क्षेत्रमा गरिएको अनुसन्धानले कोरोनाविरुद्व लड्न प्रभावकारी हुने सक्ने जनाइएको छ ।
जर्नल अफ एसोसिएशन अफ फिजिसियनहरुद्वारा गरिएको अनुसन्धान र समीक्षाको आधारमा नरिवल तेलले माइक्रोब्स संग लड्न प्रभावकारी देखिएको विषयलाई उजागर गरेका छन् । उक्त विषयमा फिजिसियनहरुले पेपर समेत प्रकाशित गरेका छन् । पेपरका मुख्य व्यक्ति तथा इन्डियन कलेज अफ फिजिसियनका डिन डा. ससांक जोसीले नरिवल तेलमा पाइने लौरिक एसिडले शरीरमा मुख्य भूमिका खेल्न सक्ने बताएका छन् ।
शरीरमा प्रवेश गर्नासाथ एसिड मोनोलाउरिनमा परिनत हुने गर्दछ । मोनोलाउरिनले शरीर भित्र रहेको प्याथोजेन्स, ब्याक्टेरिया, भाइरस र फन्गीलाई मार्न प्रभावकारी भूमिका खेल्ने गर्दछ । विगत ४ हजार वर्ष पूर्व देखि नरिवल तेललाई आयुर्वेदको रुपमा प्रयोग गरिरहेको डिनले जनाएका छन् । संक्रमित मानिसले अत्यधिक मात्रा तेल सेवन गरेमा कोरोनाविरुद्व लड्न सक्ने कारण नरिवल तेलको विषमा पेपर प्रकाशन गरिएको उनको भनाई थियो ।
उक्त तेलको भाइरससंग लड्ने क्षमता अत्यधिक रहेको कारण अमेरिकाले समेत यसलाई प्रगोगमा ल्याएको डिनले जनाएका छन् । उक्त तेलको विषयमा सम्पूर्ण चिकित्सकहरु विश्वस्त छैनन् । तेलमा पाइने जींकले मानिसको प्रतिरक्षा प्रणालीको विकास गर्न मद्दत पुर्याउने गर्दछ । तेललाई केरेला वासीले नियमित खानामा प्रयोग गर्ने गर्दछ । यसलाई कसरी र कुन रुपमा प्रयोग गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । महामारीको शिखर चुम्दै गएको भारतमा कोरोना विरुद्व लड्न आयुर्वेद र होमियोपेथिलाई सरकारले मान्यता दिइसकेको छ । तेलको अनुसन्धान जारी रहेको छ । यसले पुनः एक पटक सम्पूर्णमा आशा पलाएको छ ।