Logo

तेस्रो मुलुकबाट २० हजार ३१ जना स्वदेश फिर्ता



काठमाडौं, असार २३ । भारतबाहेक अन्य मुलुकबाट नेपाली नागरिक स्वदेश फिर्ता आउने क्रम बढेको छ । असार २२ गतेसम्म २० हजार ३१ जना नेपाली स्वदेश फिर्ता भएका छन् ।

कोभिड–१९ सङ्क्रमणका कारण विदेशका विभिन्न मुलुकमा अलपत्र परेका नेपाली स्वदेश आउने क्रममा सोमबार मात्र ८७८ जना नेपाली नागरिक स्वदेश फर्केको कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टरले जानकारी दिएको छ ।

स्वदेश फर्केका नेपाली नागरिकलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षणसँगै व्यक्तिगत विवरण सङ्कलन गरिदै आएको छ । अझै पनि विदेशबाट नेपाली नागरिक स्वदेश फर्काउने क्रम जारी रहने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्