Logo

लकडाउनले मारमा परेको भन्दै सहुलियत माग्दै संघर्ष



काठमाडौं, २६ असार । भाडावाला समाज, ट्याक्सि चालकलगायत विभिन्न १० संघ/संस्थाहरुले लकडाउन अवधिभरको व्यवसायी कर, घर भाडा, शैक्षिक संस्थाको शुल्क, बिजुली खानेपानी र ईन्टरनेटको महशुल मिनाह गर्नुपर्ने लगायतका माग राख्दै काठमाडौंको चावहिलमा कोणसभा गरेको छ ।

कोरोना पिडित संघर्ष समिति नै बनाएर भाडावाला सरोकार समाज नेपाल, नेपाल होस्टेल एशोएिसन, स्वास्थ्य विज्ञान व्यवसायी महासंघ, मझौला व्यापार व्यवसायी महासंघ, खुद्रा व्यवसायी संघ लगायतले बिभिन्न माग अघि सार्दै शुक्रबार कोणसभा गरेका हुन् ।

किसानलाई समयमै मल, बिउविजन उपलब्ध गराउन, वैज्ञानिक भाडादार कायम गर्न र भाडावाला आयोग गठन गर्न र बैंक तथा विक्तिय संस्थाको ब्याज मिनाहा गर्न पनि माग गर्दै विरोधका कार्यक्रमलााई निरन्रता दिइएको भाडावाला सरोकार समाज नेपालका अध्यक्ष विष्णुजंग बस्नेतले बताए ।

कोरोनाका कारण लामो समय लकडाउन भएको र अवस्थामा अझैपनि सामान्य नभइसकेको अवस्थामा आफुहरु निकै मर्कामा परेकाले दवावमुलक कार्यक्रम गर्नुपरेको उनीहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्