Logo

कमल थापाले बाबुरामको परिवारलाई बधाई दिदै भने- मेरो त ७ वटा नाति नातिनी भैसके



काठमाडौं, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हजुबा बनेकोमा बधाई दिएका छन् । उनले बाबुरामलाई ट्वीटमार्फत् बधाई दिएका हुन् ।

थापाले आफ्नो ७ वटा नाति नातिनी भइसकेको समेत खुलाए । उनले बाबुरामलाई ट्वीटरमा लेखे, ‘यसमा भने सहपाठी मित्र भन्दा म धेरै अगाडि रहेछु । मेरो त ७ वटा नाति नातिनी भैसके ।’

यसअघि टिचिंग अस्पताल महाराजगञ्जमा छोरी मानुषी यमी भट्टराई र ज्वाईं जेकेन्द्रलाई पुत्रलभ भएको भन्दै बाबुरामले खुशी साटेका थिए । उनले ट्वीटमार्फत् २२ औं शताब्दी देख्ने सम्भावना भएको परिवारको एकमात्र शिशुको स्वास्थ्यलाभको कामना समेत गरेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्