एजेन्सी, २८ असार । भारतको राजस्थानमा कँग्रेस आई नेतृत्वको सत्ता संकटमा पुगेको छ । मुख्यमन्त्री अशोक गेलोट र उपमुख्यमन्त्री सचिन पाइलटबीचको विवादले सत्ता संकटमा परेको हो ।
पाइलटले कँग्रेस आई छाडेर भारतीय जनता पार्टीमा आवद्ध हुन खोजेको विषयलाई भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रसारण गरिरहेका छन् । कँग्रेस आईका उदयीमान नेता पाइलटको पक्षमा उल्लेख्य संख्यामा सांसदहरु रहेकाले राजस्थानमा सरकार ढल्ने अवस्था बन्न थालेको छ ।
यसअघि मध्यप्रदेशमा कँग्रेस आइका नेता ज्यातिरादित्य सिन्धियाले विद्रोह गरेपछि सरकार ढलेको थियो । त्यहाँ अहिले भाजपाको सरकार छ ।-Photo Source: Agency