काठमाडौं, ३० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले राम र अयोध्याबारे दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् । उनले यो बेलामा भारतसँग सिमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको र कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई कुरा गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले राम र अयोध्याबारे बहस गरेर विषयान्तर गरेको टिप्पणी गरेका छन् ।
यो बेला सीमा क्षेत्र मिचिएको,तराईका वस्ति डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौंज हट्नुपर्ने विषय उठाई भारतसंग कुरा गर्नुपर्ने हो कि राम र अयोध्यावारे वहस गर्नुपर्ने हो?विषयान्तर किन? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीं छलफल गर्नुनपर्ने कस्तो तन्त्र हो?
— Bhim Rawal, Ph.D. (@BhimRawal179) July 14, 2020
रावलले देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ पनि छलफल नगरेको भन्दै ओलीलाई यो कस्तो तन्त्र हो ? भनेर प्रश्नसमेत सोधेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत रावलले लेखेका छन्,