काठमाडौं, १ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधानको लागि शीर्ष नेताहरु छलफलमा जुटेका छन् । आज अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालसँगै बरिष्ठ नेता माधव कुमार नेपाल पनि वार्तामा सहभागी भएका छन् । बालुवाटारमा तीन नेता छलफलमा जुटेका एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेका थिए । तर, ओलीले दुवै पदबाट आफूले राजीनामा नदिने अडान लिँदै आएका छन् । स्थायी कमिटीको बैठक भोलि विहान ११ बजे बस्ने तय भएको छ । त्यसअघि नै नेताहरुबीच सहमतिको लागि प्रयास भैरहेको र सोहीअनुरुप नेताहरु आज छलफलमा बसेका हुन् । file photo