Logo

मौद्रिक नीति : होटललाई थप सुविधा



काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ। उक्त नीतिमार्फत कोरोनाका कारण ग्रेस अवधिभित्र उद्योग वा परियोजनाको निर्माण सम्पन्न/सञ्चालन हुन नसकेको अवस्थामा पर्यटकस्तरीय होटलको हकमा अधिकतम दुई वर्षसम्म थप समय दिने भएको छ ।

अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा एक वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा नौ महिना र न्यून प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ६ महिनासम्मका लागि एक पटक ग्रेस अवधि थप गर्नसकिने व्यवस्था मिलाइने भएको छ ।

गत २०७७ असार मसान्तसम्म असुल हुन नसकेको लघुवित्त वित्तीय संस्थाबाट प्रवाहित कर्जाको किस्ता ऋणीको आवश्यकता र व्यवसाय सुचारु हुन लाग्ने समय मुल्याङ्कन गरी बढीमा ६ महिनासम्म भाखा सार्नसक्ने व्यवस्था मिलाउने नीतिमा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी शुुक्रबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा चालूू आर्थिक २०७बmउस७बmउस–०७बmउस८ वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै । तस्वीर : रोशन सापकोटा/रासस



प्रतिक्रिया दिनुहोस्