Logo

क्वारेन्टाइनमा बस्दै आएका पुरुषको मृत्यु



पर्वत, साउन ३ । क्वारेन्टाइनमा बस्दै आएका ५२ बर्षीय पुरुषको मृत्यु भएको छ ।

जिल्लाको पैयुँ गाउँपालिका–६ का ती पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार राति गण्डकी अस्पताल पु¥याइएको थियो । उनको राती नै उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

असार २३ गते गरिएको पीसीआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएको अस्पताल स्रोतले बताएको छ । मृतक असारको पहिलो साता भारतबाट फर्किएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्