Logo

लक्ष्यभन्दा पौने दुई अर्ब कर संकलन घट्यो



नेपालगञ्ज, साउन ६। कोभिड–१९ को महामारीका कारण गरिएको लामो बन्दाबन्दीले गर्दा बाँकेमा कर संकलन अत्यधिक प्रभावित भएको छ । बन्दाबन्दीको गत चार महिनाको अवधिमा सबैभन्दा कम कर संकलन भएको आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जले जनाएको छ ।

आर्थिक वर्ष २०७६र०७७ का लागि आन्तरिक राजस्व कार्यालय नेपालगञ्जलाई पाँच अर्ब नौ करोड ५८ लाख ७७ हजार रुपियाँ कर सङ्कलन गर्ने लक्ष्य प्राप्त भएकोमा बन्दाबन्दीका कारण सो अवधिमा तीन अर्ब ४७ करोड ९१ लख ९६ हजार रुपियाँ मात्र कर संकलन गर्न सकिएको आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश पौडेलले बताए ।

उनले बन्दाबन्दी कारण निर्धारित लक्ष्यको ६८ प्रतिशत मात्र कर संकलन गर्न सकिएको जनाउँदै एक अर्ब ६१ करोड ६६ लाख कम कर संकलन भएको बताए । विगतका वर्षहरूमा लक्ष्यभन्दा बढी कर संकलन गर्दैआएको सो कार्यालयले गएको आर्थिक वर्षमा लक्ष्यभन्दा ३२ प्रतिशत कम कर संकलन गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्