काठमाडौं, ६ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झुक्याएर राष्ट्रपतिनिवास शिलतनिवास लगिएको भन्ने कुरामा सत्यता नभएको भन्दै दाहालको अभिव्यक्तिको खण्डन गरेका छन् ।
दाहालले यसअघि आफू पक्षधर स्थायी कमिटी सदस्यहरु र बरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेताहरुसँगको भेटवार्तामा आफूलाई परिवन्धमा पारेर शितलनिवास लगिएको धारणा राखेका थिए । आज बसेको स्थायी कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले अध्यक्ष दाहाल परिवन्धमा परेर शितलनिवास नगएको र थाहा पाएरै गएको स्पष्ट पारेका थिए ।
नेकपा स्थायी कमिटी बैठक साउन १३ गतेसम्म स्थगित्, राहत तथा उद्धारमा जुट्ने प्रस्ताव पारित