काठमाडौं, ६ साउन । राप्रपाका अध्यक्ष कमल थापाले नेपालको भूराजनीतिक अवस्था र सामाजिक सांस्कृतिक परिवेशमा चुनावी पार्टी राजनीतिभन्दा माथि उठेको राजसंस्थासहितको लोकतन्त्र उपयुक्त हुने बताएका छन् । आफ्नो पार्टीको धारणापनि त्यही रहेको थापाको भनाई छ ।
मंगलबार सामाजिक सञ्जाल ट्विटरमा थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपतिका कारण राजतन्त्र ठीक भन्ने जमात बढ्यो भनेको कुरा र राजसंस्था रहेन भने नेपालको स्वतन्त्र अस्तित्व रहने छैन भनेर विपीले भनेको कुरा उल्लेख गर्दै आफ्नो पार्टीले पनि राजसंस्थासहितको लोकतन्त्र उपयुक्त हुने भनेको कुरा उल्लेख गरेका छन् ।
हेरौं थापाको ट्विट :
राष्ट्रपतिका कारण राजतन्त्र ठीक भन्ने जमात बढ्यो:महामन्त्री कोइराला
राजसंस्था रहेन भने नेपालको स्वतन्त्र अस्तित्व रहने छैन:बिपी कोईरालानेपालको भूराजनीतिक अवस्था र सामाजिक सांस्कृतिक परिवेशमा चुनावी/पार्टी राजनीति भन्दा माथी उठेको राजसंस्था सहितको लोकतन्त्र उपयुक्त हुन्छ:राप्रपा
— Kamal Thapa (@KTnepal) July 21, 2020