Logo

ओली-दाहाल मिल्दा माधव नेपाल न खुशी न दुःखी, महाधिवेशनकेन्द्रित अभियान चलाउने !



काठमाडौं, ६ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल फेरि एउटै कित्तामा उभिएपछि बरिष्ठ नेता माधव कुमार नेपाल कर्नरमा परेका छन् । गत बैशाखदेखि एउटै कित्तामा उभिँदै आएको दाहाल नेपाल समूह निश्क्रिय हुने भएको छ ।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा समेत ओलीको राजीनामा मागेको दाहाल-नेपाल समूह अहिले आएर दाहालले ओलीसँग सम्झौता गरेपछि नेता नेपालको समूह अल्पमतमा परेको छ । ओली र दाहालको चोचोमोचो मिल्ने गरेको र आफूहरुमाथि अन्याय गरिएको आरोप लगाउँदै आएका नेता नेपालले यसपल्ट दाहालबाट नराम्ररी धोका पाएको उनीनिकट नेताहरुले टिप्पणी गर्न थालेका छन् ।

महाधिवेशनसम्म ओलीसँग मिल्ने, त्यसपछि माधव नेपालसँग सहकार्य गर्ने दाहालको रणनीति

तर, नेता नेपालले आफ्नो समूहका नेताहरुसँग आन्तरिक छलफल गरिसकेका छन् । उनले यो समूहलाई एकताबद्ध बनाएर राख्ने र महाधिवेशनकेन्द्रित अभियान चलाउने रणनीति बनाएका छन् । नेपालनिकट नेता सोमप्रसाद पाण्डेकाअनुसार अध्यक्षद्धय ओली र दाहाल मिल्दापनि आफ्नो एजेण्डा भने नेता नेपालले नछाड्ने भएका छन् ।

झलनाथ-बामदेव गुट फेरि सक्रिय, ओलीको संकट टर्ने सम्भावना

नेपालले यो एजेण्डा लिएर देशव्यापी अभियान चलाउने तयारी थालेका छन् । र, उनले अहिले दुई अध्यक्ष मिल्दा विरोध नगर्ने र समर्थनपनि नजनाउने निधो गरेका छन् । तर, उनले विधि र नीतिको कुराको वकालत भने गरिरहने प्रतिबद्धता आफूनिकट नेताहरसँग गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्