काठमाडौं, ८ साउन । तिब्बतमा भुकम्प गएको छ । तिब्बतको समय अनुसार विहान ४ बजेर ७ मिनेटमा ६.६ म्याग्निच्युडको भुकम्प गएको हो ।
भुकम्पको धक्का काठमाडौं उपत्यकालगायत देशको उत्तरी भागहरुमा परेको छ । चाइना अर्थक्वा नेटवर्क सेन्टरले दक्षिणी तिब्बतको सिजाङ क्षेत्रमा केन्द्रबिन्दु भएर भुकम्प गएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
भुकम्पबाट क्षति भए नभएको विवरण आएको छैन । भुकम्पको केन्द्रबिन्दु नेपालबाट नजिकै रहेकाले कम्पनको महशुश भएको थियो ।