Logo

एसिड प्रहारबाट घाइते युवती खतरामुक्त, आरोपी प्रहरी नियन्त्रणमा



काठमाडौं, साउन ९ । राजधानीस्थित बाफलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुङ्गा घर भएकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो ।

निज युवतीको अनुहारमा एसिड प्रहार भए पनि उनी अहिले खतरामुक्त रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्यामलाल ज्ञावलीले बताएका छन् । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

घरबाट सामान किन्न पसल निस्केकी एक युवतीलाई गएराती एसिड प्रहार गर्ने दुई युवा पक्राउ परिसकेका छन् । प्रहरी परिसर काठमाडौ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् ।



प्रतिक्रिया दिनुहोस्