Logo

वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा



वीरगञ्ज, साउन १०। कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभर आजबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको थियो ।

निषेधाज्ञा जारी भएसँगै वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लागेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
महानगर क्षेत्रभित्रका सम्पूर्ण पसल र उद्योग व्यवसायसमेत बन्द गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्