Logo

नेपाल रेडक्रस सोसाईटीमाथि कडा कारवाही गर्ने मन्त्री गुरुङको चेतावनी



काठमाडौं, १० असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपाल रेडक्रस सोसाईटीमाथि कडा कार्वाही हुने चेतावनी दिएका छन् । नेपाल रेडक्रस सोसाईटीमाथि अर्बौको चल/अचल सम्पत्ति हिनामिना गरेको आरोप लागिरहेका बेला मन्त्री गुरुङले नेपालको कानुनलाई नै चुनौति दिने काम गरेकाले रेडक्रसलाई कार्वाही गर्नैपर्ने अवस्था आएको पनि स्पष्ट पारे ।

‘नेपालको कानुन नमान्ने, पारदर्शी ढंगले नचल्ने रेडक्रसजस्ता विवादित संस्थामाथि कार्वाही हुन्छ,’ लायन्स क्लव अफ चन्द्रागिरी मण्डलाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने,‘एकीकृत सामाजिक विकास ऐन ल्याएर सामाजिक संघ, संस्थाहरुको हरेक गतिविधिलाई पारदर्शी र सुशासनयुक्त बनाईनेछ ।’

उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्न पनि सामाजिक संघ, संस्थाहरुलाई सचेत गराए । जनताको हितमा केन्द्रित भई मुलुकको समृद्धिमा योगदान पु¥याउन चाहाने संघ, संस्थासँग मिलेर काम गर्न सरकार सदैव तयार रहेको मन्त्री गुरुङको भनाई थियो ।

मन्त्री गुरुङले सामाजिक संघ, संस्थाहरु सही बाटोमा हिँडेको पहिचान हुने गरी सरकारले अनुगमनको कामलाई अघि बढाएको पनि बताए । उनले लायन्स क्लवलाई हुनेखानेहरुको संस्थाको रुपमा पनि बुझ्ने गरेको उल्लेख गर्दै त्यसलाई गरिव जनताको सहयोगी संस्थाको रुपमा विकास गर्न लाग्नुपर्ने आवश्यक्ता औंल्याए ।

कार्यक्रममा प्रतिनिधिसभाकी सांसद अञ्जना बिशंखे, बागमती प्रदेशकी सांसद रमा आलेमगरले समाज सेवाको क्षेत्रमा लायन्स क्लवजस्ता सामाजिक संघ, संस्थाहरुले खेल्दै आएको भूमिकाको चर्चा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्