काठमाडौं, १० साउन । नेपालमा थप एकजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु पुष्टि भएको छ । मृत्यु हुने बारा परवानीपुरकी १७ वर्षीया किशोरी हुन् । उनको ९ साउनमा गण्डक कोभिड अस्पतलमा निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
मृतक किशोरी वीरगञ्ज हेल्थ केयरमा ८ साउनमा भर्ना भएकोमा स्वाब संकलन गरिएको थियो । उनको ९ साउनमा कोरोना भाइरस पुष्टि भएको थियो । उनलाई पखाला लाग्ने, जीउ काप्ने र स्वास प्रश्वासमा पनि समस्या आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।