१० साउन: इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोको कोरोना परीक्षण गरिएको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएको आशंकामा उनको कोरोना परीक्षण गरिएको अधिकारीले जानकारी दिएका छन् । परीक्षणपछिको नतिजा अनुसार उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छैन ।
“नतिजा राम्रो आयो, भगवानलाई धन्यवाद छ, राष्ट्रपति स्वस्थ छन्,” राष्ट्रपतिको सचिवालयका प्रमुख बुडी हार्टोनोले सञ्चारमाध्यमसँग भने ।
कोरोना परीक्षणका लागि राष्ट्रपति विडोडाको स्वाव शुक्रबार दिउसो संकलन गरिएको पनि हार्टोनोले शनिबार जानकारी दिए ।
उनलाई भेट्न गएका अर्का एक नेतालाई कोरोनाभाइरसको सङ्क्रमण देखिएकाले राष्ट्रपतिलाई पनि सरेको हुनसक्ने आशंकाले उनको परीपक्षण गरिएको हो ।
राष्ट्रपति कार्यालयमा कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिनेगरी उच्च सतर्कता अपनाइएकाले उनलाई नसरेको अधिकारीले बताएका छन् ।सिन्ह्वा