सर्वोच्च अदालतको ईज्जत र प्रतिष्ठाको लागिपनि राजीनामा दिन प्रधानन्यायाधीश राणालाई आग्रह
मुकुन्द कालिकोटे : काठमाडौं, १० साउन । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई प्रधानन्यायाधीश बनाउनेहरुलाई महाअभियोग लगाएर हटानुपर्ने बताएका छन् । माईतिघर मण्डलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक मिश्रले सशस्त्र प्रहरकिा पूर्व डिआईजी रञ्जन कोइरालालाई कैद सफाई दिएर न्यायालयको नै बेईज्जत गरेको भन्दै पहिले न्यायाधीश बनाउनेहरुलाई महाअभियोग लगाउनुपर्ने बताएका हुन् ।
पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई महाअधियोग लगाएर सर्वोच्च अदालतमा घुसेको राजनीतिले चोलेन्द्र शम्शेर राणालाई महाअभियोग नलगाउन सक्छन् तर यो राजनीतिले निर्दोष मानिसहरु जिन्दगीभर जेलमा सड्नुपर्ने र तागतवर, पैसावालहरुले भने मान्छे मारेर पनि निर्दोष सावित हुने दिन आउने उनको टिप्पणी थियो ।
संयोजक मिश्रले प्रधानन्यायाधीश जबरालाई भने,‘तपाई पहिले पनि विवादित हुनुहुन्थ्यो, हत्यारा रञ्जन कोईरालालाई सफाई दिएर देश र न्यायालयको बेईजत गर्नुभयो, तपाई यति विवादित हुनुभयो कि सम्झँदा मुटु काँप्छ र पोल्छ । त्यसकारण सर्वोच्च अदालतको ईज्जत र प्रतिष्ठाको लागि पनि तपाईले राजीनामा दिनुस् ।’ तस्वीर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम