Logo

एसिड हान्नेलाई आजीवन जन्मकैदको माग (भिडिओसहित)



काठमाडौं, १० साउन । एसिड आक्रमणको घट्ना दिनप्रतिदिन बढेको भन्दै विश्वभूमिभक्त होम बहादुर कार्कीले यस्ता घट्नाका दोषीलाई आजीवन जन्मकैद गर्नुपर्ने माग गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्कीले एसिड आक्रमण जघन्य अपराध भएकोले दोषीहरूलाई आजीवन जन्मकैद गर्नुपर्ने माग गरेका हुन् ।

उनले भने,‘अहिले दिन दाहाडै युवतीमाथि एसिड हानिएको छ । यो त कानूनी राज्यको उपहास हो । देशमा कानून नै नभएको जस्तो देखियो । त्यसैले यस्तो जघन्य अपराध गर्नेहरुलाई आजीवन जन्मकैद गर्ने कानून ल्याउनुपर्छ ।’ उनले पछिल्लो समय मुलुकमा सुशासनमा कमी देखिएको टिप्पणी गरे । हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधका घट्ना बढ्नु राम्रो संकेत नभएको उनको तर्क छ । उनले नेपालमा ठूलाबडालाई चैन र सानालाई ऐन भएको भन्दै चिन्ता व्यक्त गरे । बाँकी भिडिओमा:



प्रतिक्रिया दिनुहोस्