Logo

सुनील थापासहित ३१ केन्द्रीय नेताद्वारा राप्रपा परित्याग (नामावली र राजीनामापत्रसहित)



काठमाडौं, १० साउन । पूर्व मन्त्री सुनीलबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका छन् । उनीसहित ३१ जना केन्द्रीय नेताहरुले आज राप्रपाका तीनजना अध्यक्षलाई राजीनामा पत्र लेखी पार्टी परित्यागको घोषणा गरेका हुन् ।

राप्रपा परित्याग गर्नेमा थापासहित ३१ जना प्रभावशाली नेताहरु छन् । थापाले प्रजातान्त्रिक शक्तिबीच वृहत एकताको आवश्यकता औल्याउँदै राप्रपा परित्यागको घोषणा गरेको बताए । उनले भने, मैंले अब प्रजातान्त्रिक शक्ति एकजुट भएर जानुपर्ने उद्देश्यका साथ राप्रपा परित्याग गरेको हुँ । प्रेस वक्तव्यमा आजका मितिले राप्रपाको सबै तह र जिम्मेवारीबाट अलग हुने भनिएको छ ।

राप्रपा परित्याग गर्नेहरुमा पूर्व गृहराज्यमन्त्री विष्णु विक्रम थापा, केन्द्रीय नेताहरु बाबुराम बस्नेत, वृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राईलगायत छन् ।

राप्रपाको तीन शक्ति एक भएपछि सुनिल थापा असन्तुष्ट रहँदै आएका थिए । राप्रपाका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापा राजनीतिमा प्रभावशाली मानिन्छन् । धनकुटाबाट चुनाव जितिसकेका उनी आपूर्तिमन्त्री भइसकेका छन् । थापासहितको उनको समुहले राप्रपा परित्याग गरेपछि उक्त पार्टीमा ठुलो धक्का परेको छ ।

 



प्रतिक्रिया दिनुहोस्