साउन १०, काठमाण्डौ । काठमाडौ महानगरपालिका ४ मा ८० जनाले रक्तदान गरेका छन । शनिबार विशाल मिलन केन्द्रले आयोजना गरेको रक्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेका हुन । कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवं प्रदेश सांसद नारायण सिलवालले कोरोना महामारीमा रगत अभाव हुन नदिन रक्तदान गर्नुपर्नेमा जोड दिए ।
मिलन केन्द्रले रक्तदान,जेष्ठनागरिक स्वास्थ्य जाँच, खेलकुद लगायतका कार्यक्रम गर्दै आएको केन्द्रका अध्यक्ष हरि अधिकारीले जानकारी दिए । रक्तदान गर्नेमा २५ जना खेलाडी थिए । केन्द्रका खेलकुद संयोजक अनुप मानन्धरले युवाहरू परिवर्तनको सम्बाहक भएकाले सामाजिक काममा लाग्नुपर्ने र रक्तदान कार्यक्रमलाई निरन्तरता दिइनु पर्ने बताए । कार्यक्रममा पासवा सहकारी संस्था र सावल सहकारी संस्थाको पनि आयोजनमा कार्यक्रम गरिएको हो ।