काठमाडौं, ११ साउन । प्रहरी प्रधान कार्यालय नक्सालमा कोरोनाको संक्रमण देखिएको छ । त्यहाँ कार्यरत केही प्रहरीमा कोरोना संक्रमण देखिएको हो । एमटी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको र उनीहरुसँग सम्पर्कमा आएका अन्य प्रहरीको परीक्षणमा समेत पोजेटिभ रिपोर्ट आएको जनाइएको छ ।
कति जना प्रहरीमा संक्रमण देखिएको प्रष्ट भइसकेको छैन । प्रहरी महानिरीक्षकसहित प्रहरी प्रधान कार्यालयमा कार्यरत सबै जनाको परीक्षण गर्न लागिएको छ । हालसम्म एक सय १५ जनामा संक्रमण देखिएको छ।-File photo