Logo

प्रहरी हेटक्वार्टरमा कोरोना संक्रमित



काठमाडौं, ११ साउन । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत केही प्रहरीमा कोरोना संक्रमण देखिएको छ । एमटी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको र उनीसँग सम्पर्क देखिएका अन्य प्रहरीको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।

कति प्रहरीलाई संक्रमण देखिएको प्रष्ट भइसकेको छैन । प्रहरी महानिरीक्षकसहित प्रहरी प्रधान कार्यालयमा कार्यरत सबैको परीक्षण गर्न लागिएको छ ।

प्रहरी प्रवक्ता डिआईजी निरज शाहीले यसबारे विस्तृत बताउन चाहेनन् । हालसम्म एक सय १५ जनामा संक्रमण भएको र उनीहरु विभिन्न कार्यालयमा कर्मचारी भएको उनको भनाई छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्