काठमाडौं, ११ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट दोस्रो विदेशी नागरिकको मृत्यु भएको छ । वीरगञ्जस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु हुने भारतको विहार घर भएका पुरुष हुन् ।
६५ वर्षीय मृतक पुरुषको हिजो मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि गण्डक अस्थायी कोभिड १९ अस्पतालमा उपचारका लागि लगिएको थियो । उनलाई एक हप्तादेखि ज्वरो आइरहेको थियो । स्वास्थ्यमा समस्या आएपछि उनलाई १० साउनमा अआइसीयुमा भर्ना गरिएको थियो । सोही दिन मृत्युपछि स्वाब परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज भारतीय नागरिकको मृत्युसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । यसअघि चिनियाँ महिलाको कोभिड-१९ बाट मृत्यु भएको थियो ।