Logo

विषालु च्याउ खाँदा बालकको मृत्यु, आमा र दिदीबहिनीको अवस्था गम्भिर



डडेल्धुरा, साउन १२ । विषालु च्याउ खाँदा डडेल्धुरामा एकजना बालकको मृत्यु भएको छ।

जिल्लाको नवदुर्गा गाउँपालिकामा वडा नम्बर ३ मा जंगलबाट टिपेको विषालु च्याउ खाँदा ८ वर्षीय बालक ललित धामीको मृत्यु भएको हो।

त्यस्तै च्याउ खादा मृतककी आमा बिस्ना धामी र तीन दिदीबहिनी बिरामी परेका छन्। उनीहरुको कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।



प्रतिक्रिया दिनुहोस्