काठमाडौं, १३ साउन । ललितपुर महानगरपालिकाले महानगरको मुख्य सडकमा स्मार्ट बत्ती जडान गर्न सुरु गरेको छ । महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरेर महानगरका मुख्य सडकमा बत्ती जडान गर्न लागेको हो ।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मंगलबार कुपण्डोलस्थित नबिल बैंक अगाडिको बत्तीको पोल राख्दै बत्ती जडान कार्यको उद्घाटन गरेका हुन् । महानगरभित्रका तीनवटा रुटमा ६ सय ६९ वटा बत्ती जडान गर्न लागेको हो । प्रमुख महर्जनका अनुसार बाग्मती पुलबाट जवालखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल (इनार), पाटनढोका, अशोक हल, क्वाल्खुहुँदै मंगलबजार लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म बत्ती जडान गरिनेछ ।
महानगरका प्रमुख चिरीबाबु महर्जनले यो बत्ती सोलार बत्ती भन्दा कम खर्चमा जडान हुने बताए । उनले भने ,‘ यो बत्ती सोलार बत्ती भन्दा निकै प्रभावकारी हुनेछ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम