Logo

प्रधानसेनापति नियुक्त भएर बहाली हुन नपाएका कुल बहादुर खड्काको निधन



साउन १३, काठमाण्डौ । नेपाली सेनाका अवकासप्राप्त रथी कुलबहादुर खड्काकाे निधन भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका खड्काकाे उपचारका क्रममा मंगलबार निधन भएको हो । उनी पुष्पकमल दाहाल नेतृत्वको पहिलो सरकारद्वारा सेनापतिमा नियुक्त भएका थिए । दाहालले तत्कालिन प्रधानसेनापति रुक्माङगत कटवाललाई हटाएर खड्कालाई प्रधानसेनापतिमा नियुक्त गरेपछि राष्ट्रपति डा. रामबरण यादवले हस्तक्षेप गरेर कटवाललाई नै प्रधानसेनापति भएको भन्दै अडान लिएपछि दाहालले  राजिनामा दिएका थिए । खड्काको प्यान्क्रियाज क्यान्सर डायग्नोसिस गरिएको थियो ।
प्यान्क्रियाज क्यान्सर डायग्नोसिस गरिएको ५५ औं दिनमा उनको आज निधन भएको हो ।



प्रतिक्रिया दिनुहोस्