काठमाडौं, १४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले कांग्रेस शीर्ष नेताहरूले कम्युनिष्टबाट प्रजातन्त्र खतरा भनेर दिएको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् । पूर्वमन्त्री सुनिल बहादुर थापा राप्रपा परित्याग गरि कांग्रेस प्रवेश गर्दा हिजो (मंगलबार) राति कांग्रेस पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस नेताहरुले कम्युनिष्टबाट प्रजातन्त्र खतरा भएको अभिव्यक्ति दिएका थिए ।
@Online_khabar शिर्षक-“कंग्रेस नेताको एउटै स्वर:कम्युनिष्टबाट प्रजातन्त्र खतरा”
कंग्रेस नेतालाई मेरो प्रश्न: कम्युनिष्ट बलियो बनाउने काम कसले गर्यो?१२बुंदे सम्झौता कसले गर्यो?४७सालको संविधान कसले जलायो?राजा र जनताबिच एकता नभए कम्युनिष्ट बढछ भन्ने बिपी बिचारको हत्या कसले गर्यो?— Kamal Thapa (@KTnepal) July 28, 2020
अध्यक्ष थापाले कांग्रेस नेताहरुलाई कम्युनिष्ट बलियो बनाउने काम कसले गर्यो ? भन्ने उल्टै प्रश्न गरेका छन् । थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत कांग्रेस नेताहरुलाई प्रश्न गरेका छन् । उनले लेखेका छन्,’@Online_khabar शिर्षक-“कंग्रेस नेताको एउटै स्वर:कम्युनिष्टबाट प्रजातन्त्र खतरा” कंग्रेस नेतालाई मेरो प्रश्न: कम्युनिष्ट बलियो बनाउने काम कसले गर्यो?१२बुंदे सम्झौता कसले गर्यो?४७सालको संविधान कसले जलायो?राजा र जनताबिच एकता नभए कम्युनिष्ट बढछ भन्ने बिपी बिचारको हत्या कसले गर्यो?’