काठमाडौं, साउन १४ । नेपालमा कोरोना भाइरसका २२ जना सङ्क्रमित सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा छन् । कोरोनाभाइरस सङ्क्रमितमा श्वास लिन कठिनाइ भएपछि कृत्रिम रुपमा शरीरमा वायु सञ्चारको लागि भेन्टिलेटरमा राखिन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार मात्रै २२ जना कोभिड १९ सङ्क्रमितलाई भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गरिँदैछ । नेपालमा हाल पाँच हजार ३६० जना बिरामीमा भाइरसको सङ्क्रमण सक्रिय छ ।
सक्रियमध्ये २२ जनालाई सघन उपचारको आवश्यकता परेको हो अर्थात् नेपालमा अहिलेको सक्रिय सङ्क्रमितको ०।४१ प्रतिशत बिरामीलाई सघन उपचार कक्षमा उपचार गरिँदैछ ।