इलाम, साउन १६ । श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका इलाममा एक अभियुक्त हत्कडी फुस्किएपछि फरार भएका छन् । स्वास्थ्य जाँचका अस्पताल लैजाँदै गर्दा हत्कडी फुस्किएपछि फरार भएका हुन । उनी बुधबार पक्राउ परेका थिए ।
अनुसन्धानमा रहेकाले नाम नखुलाएका उक्त व्याक्तिलाई म्यादथपको लागि मेडिकल चेकका लागि इलाम अस्पताल लगिएको थियो । हत्कडी खुकुलो रहेकाले खुस्काएर भागेपनि उनको खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरीउपरिक्षक नविन राईले जानकारी दिएका छन्।