Logo

दाहाल-नेपालसँग ओलीले सम्झौता नगर्ने, झलनाथ भन्छन–‘दुई/चार दिन अझै पर्खन्छौं, त्यसपछि बैठक बस्छ’



काठमाडौं, १६ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटी र केन्द्रीय कमिटी दुवै कमिटीको बैठक नराख्ने पक्षमा पुगेका छन् । आफूविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले मोर्चाबन्दी गरेकोले ओली रुष्ट छन् । गत असार १० गतेदेखि सुरू भएको स्थायी कमिटी बैठक अहिलेसम्म टुँगोमा पुग्न सकेको छैन् ।
स्थायी कमिटीको बैठकमा नियमित एजेण्डाभन्दा बाहिर गएर दाहाल–नेपाल समूहले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि ओली रुष्ट बनेका हुन् ।

उनले दाहालसँगको एक्लाएक्लै भेटवार्तामा आफूले दुवै पदबाट राजीनामा नदिने र सकेको गर्न चूनौति दिएका थिए । ओली आफ्नो अडानमा चट्टानझैं उभिएपछि दाहालले दुईमध्ये एक पदबाट राजीनामा दिनुपर्ने भन्दै आफूलाई लचिलो बनाएका थिए । तर, ओलीले आफूले दुई वटै पद नछोड्ने अडान लिएका छन् ।

ओलीले टारे सत्ता संकट, नेकपा स्थायी कमिटी बस्नेमा अन्यौल

पछिल्लो समय साउन १३ गते ओलीले एकलौटी रुपमा स्थायी कमिटीको बैठक स्थगित् गरेका थिए । र, दाहाल–नेपाल समूहले बैठक सुचारु गरेका थिए । उक्त बैठकलाई ओली समूहले बैठक मानेको छैन् । र, भेलाको संज्ञा दिएको छ । त्यही दिनदेखि नेकपाको स्थायी कमिटी बैठकपनि अनिश्चित्कालको लागि स्थगित् भएको छ ।

बरिष्ठ नेता झलनाथ खनालले अब ओलीलाई नकुर्ने र स्थायी कमिटीको बैठक सुचारु गर्ने बताएका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले भने,‘सहमतिको लागि अझै हामी दुई÷चार दिन पर्खन्छौं । त्यतिवेलासम्म सहमतिमा नआए हामी बैठक सुचारु गर्छौं ।’
उता, प्रधानमन्त्री ओलीले भने अब दाहाल–नेपाल समूहसँग सम्झौता नगर्ने रणनीति बनाएका छन् । उनले आफूनिकट नेताहरुसँग भन्न थालेका छन्,‘अब म कसैसँगपनि सम्झौता गर्ने पक्षमा छैन्, मेरो विरोध गर्ने थलो बनाउन केन्द्रीय कमिटी बैठक बोलाउँदिन् । विरोधीहरुलाई ठाउँ दिन्न ।’ file photo



प्रतिक्रिया दिनुहोस्