Logo

प्रधानमन्त्री ओलीको विकल्प छैन, वामदेवको प्रस्ताव सही छ : थापा



काठमाडौँ, १६ साउन । अनेरास्ववियुका नेता मंगल थापाले आफ्नै पार्टीका नेताहरुले प्रधानमन्त्री केपी शर्मा आलीको राजीनामा माग्नु गलत भएको भन्दै ओलीको विकल्प नरहेको स्पष्ट पारेका छन् । थापाले अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहले के को आधारमा प्रधानमन्त्री ओलीको राजीनामा मागेको भनेर प्रश्न गरेका छन् । उनले प्रधानमन्त्री आलीको विकल्प नरहेको पनि स्पष्ट पारेका छन् ।

उनले पार्टी नेताहरु मिलेरै अघि बढ्नुपर्ने आफ्नो धारणा राखेका छन् । पार्टी नेताहरु सहमति, सहकार्य र एकताको साथ अघि बढ्नुपर्ने र देशको विकास र समृद्धिमा जुट्नुपर्ने बेलामा आन्तरिक खिचातानीमा पर्नु गलत भएको उनको तर्क छ ।  उनले भने,‘पार्टीलाई नेपोटिजम र फेव्रोटिजमका आधारमा नचलाई डाइनामिजम र म्यानरिजमका आधारमा चलाउनुपर्छ ।’ भारतीय मिडियाले प्रधानमन्त्री ओलीको सरकार ढाल्छु भनेर बारम्बार अभिव्यक्ति दिइरहेको बेला पार्टीभित्रकै नेताहरुले प्रधानमन्त्रीको राजिनामा माग्नु भारतीय दलाल पार्टीभित्र रहेको भन्ने देखिने उनको टिप्पणी छ ।

प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा जारी गर्दै भारतलाई चूनौती दिने काम गरेको अवस्थामा दाहाल–समूहले ओलीको राजिनामा माग्नु अशोभनीय र अस्वीकार्य रहेको उनले जिकिर गरे । उनले ओलीकै नेतृत्वमा देशमा विकास र समृद्धिको कायापलट हुनेपनि दाबी गरे ।
थापाले जनयुद्वको सुरुवात के को लागी गरेको थियो? कुर्सीको लागी लडेको थियो की श्रमजिवी बर्गका छोराहरुका लागी थियो भन्दै अर्का अध्यक्ष दाहालसामू प्रश्न तेर्साए । पार्टी एकतालाई जोड दिई मुलुकलाई विकास र समृद्विको बाटोमा लाग्न सम्पूर्ण एकजुट हुनुपर्नेमा उनको जोड थियो । पार्टी एकताबद्व तरिकाले अगाडी लाने हो भने उपाध्यक्ष बामदेव गौतमको ६ बुँदे प्रस्तावलाई कार्यान्वयन गर्नुपर्ने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्