काठमाडौं, साउन १९ । कुवेत सरकारले नेपालसहित ३० देशका नागरिकको प्रवेशमा रोक लगाएको छ । शनिबारदेखि कुवेतले व्यावसायिक उडान खोले पनि नेपालसहित विभिन्न ३० देशका नागरिकको प्रवेशमा भने रोक लगाएको हो ।
कुवेत सरकारले नेपाल कोरोना भाइरसको उच्च जोखिम रहेको देश भएकाले तत्कालका लागि प्रवेशमा रोक लगाएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासले कुवेत सरकारले फुकुवा गरेको सूचना नआउँदासम्म बिदामा आएर पुनः फर्किन खोजेका नेपाली श्रमिकलाई तत्काल नफर्कन आग्रह गरेको छ ।