वीरगञ्ज, साउन २१ । गत सोमबार मृत्यु भएकी पर्साकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको पखालाबाट मृत्यु भएको थियो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण मंगलबार राति कोरोना पोजेटिभ देखिएको होे ।
कोरोना संक्रमणबाट मात्रै जिल्ला बुधबारसम्म १३ जनाको मृत्यु भइसकेको छ ।