Logo

विराटनगरका थप १३ जनामा भेटियो कोरोना



विराटनगर, साउन २२ । बुधबार राती विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ ।समुदायस्तरमा समेत कोरोना फैलिएको विराटनगरमा बुधबार अबेर पाँच महिला र आठ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कोशी अस्पतालको प्रयोगशालमा गराएको स्वाब परीक्षण रिपोर्ट अनुसार संक्रमितहरु विराटनगर महानगरपालिका–२, ६, ७, ८, १०, ११, र १३ वडाका छन्। अज विराटनगरमा कोरोना संक्रमितको संख्या एक सय ८३ पुगेको छ।



प्रतिक्रिया दिनुहोस्