Logo

६० वर्षमाथिका नेता र उच्च पदस्थलाई नियम लाग्दैन ?



काठमाडौं, साउन २४ । शुक्रबार दिउँसो ताहाचलनिवासी ६० वर्षमाथिका एक ज्येष्ठ नागरिक विभिन्न बहाना बनाएर घरबाट बाहिर निस्किए। छोराले कोरोना संक्रमण जोखिम हुने भन्दै उनलाई बाहिर ननिस्कन सुझाए। उनले उल्टै हकारे, ‘देशका वृद्ध नेताहरू बाहिर निस्कँदा उनीहरूलाई कोरोना लाग्दैन, मलाई चाहिँ किन लाग्छ रु’ त्यस्ता नेताभन्दा आफू नै बलियो भएको जिकिर गर्दै उनले आफ्नो सुझाव आफैंसँगै राख्न भने। छोरोले बुवाको बचन सुनिरहे, थप केही बोल्न उचित ठानेनन्।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले केही दिनअघि मात्र ६० वर्षमाथि र १२ वर्षमुनिकालाई बाहिर ननिस्कन भनी नयाँ नियम कार्यन्वयनमा ल्याएको छ। तर जनताका आदर्श मानिने प्रधानमन्त्रीदेखि थुप्रै नेता तथा संवैधानिक निकायका पदाधिकरीबाटै यो नियम पालना भएको छैन।

अदालतका न्यायाधीश पनि प्रायः ६० वर्षमाथिकै छन्। उनीहरू अदालत गइरहेकै छन्। प्रधानमन्त्रीसमेत विभिन्न नेताका घरमा पुगेका छन्। यद्यपि उनीहरूले उच्च सतर्कता अपनाएका होलान्। तर जनतामा यी र यस्ता क्रियाकलापको नकारात्मक असर परेको छ। त्यही भएर सरकारले जनताको हितमा ल्याएको नियम प्रभावहीन बन्दै गएको छ। यता मास्क लगाएर वृद्धावृद्धा खुरुखुरु घरबाहिर निस्किने क्रम रोकिनुको सट्टा झन् बढ्दै छ।

वृद्ध नेता तथा मन्त्रीहरू बिरामी कार्यकर्तालाई अस्पतालमा भेट्ने, विभिन्न राजनीतिक कार्यकर्ताका घरमै गएर भेटघाट गर्ने, विभिन्न कार्यक्रममा सहभागी हुन एक जिल्लाबाट अर्को जिल्लामा आउजाउ गर्नेलगायत आ–आफ्नो कार्य गरेको देखेरै आम जनताले सरकारको नियम पालना नगरेको अधिवक्ता एवं नेकपाकी पूर्वविद्यार्थी नेता राधिका खतिवाडाले औंल्याइन्।

उनले सरकारले संक्रमण रोग नियन्त्रण ऐन २०२० अनुसार कोरोना संक्रमणबाट जनतालाई जोगाउन ६० वर्ष माथिका र १२ वर्ष मुनिकालाई घरबाहिर ननिस्कनू भनी निर्देशन दिनु सकारात्मकभएको बताइन्। तर आदर्श मानिएका नेता तथा सरकारको उच्च निकायका पदाधिकारीहरू नै आफैंले बनाएको नियम पालना नगरेपछि जनताले पनि वास्ता नगरेको उनको ठम्याइ छ। प्रमुख दलहरू नेकपा, नेपाली कांग्रेसलगायतमा माथिल्ला तहका नेता ६० वर्षमाथिकै नेताहरू पदमा छन्।

अदालतका न्यायाधीशहरू, अख्तियारका प्रमुख आयुक्त तथा आयुक्तहरू, लोकसेवा आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोग, महिला अयोगलगायत संवैधानिक निकायमा कार्यरत पदाधिकारी ६० वर्षमाथिकै छन्। ‘नेकपाभित्र सचिवालयमा सबै ६० वर्षमाथिकै नेता छन्।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्