Logo

विश्वस्तरीय अनलाईन ‘र्याली अफ होप’ हुँदै



काठमाडौं, २५ साउन । विश्वस्तरीय अनलाइन ‘(याली अफ होप’ (आज) आइतबार आयोजना हुँदैछ । २१औं शताब्दीमा मानव जातिले भोग्नुपरेका समस्याहरूलाई सम्बोधन गर्न तथा अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्यमान्यता साकार गर्ने उद्देश्यले (आज) आइतबार (याली अफ होप हुन लागेको हो । उक्त (यालीमा नेपाली समयअनुसार आइतबार ६.४५ बजे अनलाइनमार्फत सहभागिता जनाउन सकिनेछ । विश्वभरिका लाखौं मानिसको सहभागिता रहने आयोजकले जनाएको छ ।

युनिर्भसल पीस फेडेरेसनको आयोजनामा हुने कार्यक्रममा सम्मेलनमा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान कि मुनले स्वागत मन्तव्य दिनेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आध्यात्मिक सल्लाहकार स्वामी पाउला ह्वाइट, हाउस अफ कउन्सिलर जापानका पूर्वअध्यक्ष चुइची डेट र अमेरिकी प्रतिनिधि सभाका पूर्वसभामुख न्युट ग्रिनगिच, सेनेगलका राष्ट्रपति म्याक्की साल, नाइजरका प्रधानमन्त्री ब्रिजी राफिनी, अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेरी लगायतका विश्व नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा युनिभर्सल पिस फेडरेसनकी सहसंस्थापिका डा.हाक जा हान मुनले मानवताका लागि आशाको विशेष सन्देश प्रवाह गर्ने कार्यक्रमसमेत रहेको विज्ञप्तीमा जनाईएको छ । स्वर्गीय डा. सन म्योङ्ग मुन र श्रीमती डा. हाक जा हान मुनले वसुदैव कुटुम्बकम्को आदर्श संसार निर्माण र वास्तविकीकरणका बारेमा सार्वजनिक सम्बोधनहरू विगत वर्षहरूमा पनि गर्दै आएका छन् ।

कोभिड–१९ महामारीले विश्वव्यापी रूपमा परिवारहरूमा दुःख, कष्ट र पीडा दिनुका साथसाथै विश्व मानवजाति एकअर्काबाट टाढा हुँदै गइराखेको र अन्तर्राष्ट्रिय सहयोग घट्दै गइरहेका सन्दर्भमा विश्वले कोभिड–१९ को सामना गर्दै गर्दा नागरिक स्वास्थ्य र जीवन्त अर्थतन्त्रमध्ये कुन चाहिँलाई प्राथमिकता दिने भन्ने विषयमा छलफल हुनेछ । आज (आइतबार) इन्टरनेसनल समिट काउन्सिल फर पीस तथा इन्टरनेसनल एसोसिएसन अफ पार्लियामेन्टेरियन्स फर पीसको सहयोगमा पहिलो भेला हुनेछ ।



प्रतिक्रिया दिनुहोस्