काठमाडौं, २६ साउन । स्वासका प्रशिक्षक हिरा थापालाई कोरोना संक्रमण देखिएको छ । उनलाई आईतबार कोरोना पुष्टि भएको हो । प्रशिक्षक थापा राष्ट्रिय खेलकुद परिषद् राखेप का प्रशिक्षक पनि हुन् ।
आफूलाई कोरोना संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । थापाकै प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद साग खेलेको खबर आजको गोरखापत्रले उल्लेख गरेको छ ।