Logo

परीक्षा गर्न सकेन खुला विश्वविद्यालयले



काठमाडौं, साउन २६ । अनलाइनबाट पढाइ हुने र परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको नेपाल खुला विश्वविद्यालयले हालसम्म परीक्षा सञ्चालन गर्न सकेको छैन । करिब १ हजार ६ सय विद्यार्थी अध्ययन गरिरहेकोे विश्वविद्यालयले सेमेस्टर प्रवेश परीक्षा सञ्चालन गर्न नसकेपछि आलोचना बढेको छ ।

त्यति मात्र होइन विश्वविद्यालयले अस्ति शनिबार सञ्चालन गरेको अनलाइन प्रवेश परीक्षासमेत स्थगित भएको छ । सर्भर डाउन भएका कारण परीक्षा स्थगित भएको विश्वविद्यालयले जनाएको छ । परीक्षाको पर्खाइमा रहेका विद्यार्थीले प्रवेश परीक्षा सञ्चालन गर्न नसक्ने विश्वविद्यालयले कसरी अनलाइनबाट परीक्षा सञ्चालन गर्छ भन्ने प्रश्न गर्न थालेका छन् ।

प्रवेश परीक्षा लिन नसकेपछि डीन प्राडा शिलु मानन्धर वज्राचार्यले सोही दिन सूचना प्रकाशित गरी एमबीए र एमएसडीएमजीको प्रवेश परीक्षा स्थगित भएको जनाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्